सल्यानको कुमाख गाँउपालिकामा आज बाट रास्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । गाँउपालिकाको नारायण माध्यामिक बिध्यालय नेटा रुमाल गाँउमा आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कुमाख गाँउपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकिको अध्यक्षतामा सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितीका उपसभापति , बिशिस्ट अतिथी कुमाख गाँउपालिका उपाध्यक्ष लाल बहादुर रावत, अतिथिहरुमा गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द,कुमाख गाँउपालिका निवर्तमान अध्यक्ष र वडा अध्यक्ष लगाएतका अन्य ब्यक्तिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले खेलले मानव जीवन र स्वास्थमा सकारात्मक प्रभाव पार्ने भएकोले खेललाइ र खेलाडीको भविस्यलाई सुनिस्चित गर्नु पर्ने बताएका छन । उक्त कार्यक्रममा बोल्दै कुमाख गाँउपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले खेल र खेलाडीको लागि पालिकाले सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकाछन





