माघ २९ , काठमाडौ 
हाम्रो श्रम शोषण भएको भन्दै समितिले आन्दोलन सुरु गरेको छ । गोटा पद्धति खारेज गरी तल्काल ज्यालादारी बनाउन माग गर्दै, सबै विवरण केन्द्रमा परिपत्र गर्न, गोटा नियुक्त र बर्खास्त पकृया बन्द गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । समितिले यसअघि मिटर रिडरहरूलाई प्राधिकरणको ज्यालादारी कर्मचारी सरह एकै प्रकारको कर्मचारी बनाउनलगायतका माग गर्दै केन्द्रिय कार्यालयमा ध्यानाकार्षण पत्र बुझाउँदै आएको थियो तर माग पूरा नगरेको भन्दै आन्दोलन गरेको छ।आज माघ २९ गते प्राधिकरणका प्रधान कार्यालयमा धर्ना र नाराबाजी गर्दै विरोध तथा आमरण अनसन कार्यक्रम सुरु गरेका छन।

मागहरु निम्न कुराहरू रहेका छ्न,
१.गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजिवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्न,
2.मिटर रिडरको संख्या किटानी गर्न,
3.सार्वजनिक विदा बाहेक एक वर्षमा १२ दिनसम्म भइपरी र ६० दिन सुत्केरी विदा दिन,
4.कार्य प्रकृति अनुसार सिफ्टमा काम गरेबापताको अतिरिक्त भत्ताको व्यवस्था गर्न समितिको माग छ । साथै
प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार खर्चको व्यवस्था गर्न, प्राधिकरणको निर्माणाधीन आयोजनाको सेयर मिटर रिडरहरूलाइ अन्य कर्मचारी सरह व्यवस्था गर्न लगायतका माग गर्दै आन्दोलन गरेका छन।यदि हाम्रो माग पूरा हुदैन भने अनसन बस्ने कार्यक्रम सुरु गर्ने कुरा समितिले बताएका छन।
अनिल साह जानकारी दिने साथी






