महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु

२०७९ फाल्गुन २, मंगलवार १३:४३

महोत्तरी( अकाश) ।
महोत्तरीको जलेश्वर नगरपालिका–२ मा मंगलबार पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोको ३ वर्षीया छोरी माही महतो रहेको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थानीयका अनुसार बालिका खेलने क्रममा त्यहीँ ठाउँका तेलहवा पोखरीमा खसेको हुन सक्ने बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?