माइती नेपाल धनुषाले गरे भारतबाट एक नेपाली महिलाको उदार

२०७९ फाल्गुन १४, आईतवार ०४:३५

जनकपुरधाम,(कुमार पंकज)/
एक नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ । धनुषाको माइती नेपाल शाखाको पहलमा नेपाल प्रहरी चौकी सम्सी , भारतीय प्रहरी स्थानीय जनप्रतिनिधि र भारतको मेहर बिहार नामको संस्थाको सहयोगमा एक नेपाली महिलालाई उद्दार गरिएको हो ।

aone news

उद्दार गरिएकामध्ये ती महिला बिगत तीन महिना देखि हराएकी थिइन । महिलाको मनसिक सन्तुलन कमजोर रहेको र अचानक बेपत्ता भएकी थिन । उनको परिवारले दिएको सूचनाको आधारमा माइती नेपाल धनुषा शाखाले खोजी अनुसन्धान गर्दै जदा उनी भारतको बिहार राज्यमा रहेको थिइन् । उनीलाई सुरक्षित रुपमा नेपाल ल्याइएको र सकुशल परिवार(अमा)लाई जिम्म्मा लगिएको माइती नेपाल धनुषा शाखाको कार्यक्रम संयोजक पुरषोतम यदवले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?