धनुषामा पेस्तोल सहित एक युवक प्रहरीको फन्दामा

२०७९ फाल्गुन १५, सोमबार ०९:०८

जनकपुरधाम /(कुमार पंकज)
धनुषामा पेस्तोल लिएर घुमीरहेको एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया बजारबाट इलाका  प्रहरी कार्यालय धनुषाले शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको हँसपुर नगरपालिका वडा नं. ४ का २२ वर्षीय भरोस पासन रहेको प्रहरीले जानकारी दिएको छ । पासवनको साथबाट पेस्तोल १ थान र गोली १ राउण्ड सहित नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ।

पासवान अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनी माथि धनुषा अदालतबाट म्याद थप गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा चलाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?