राजदेवी मन्दिरको मुर्ति चोरी गर्ने पाँच जना पक्राउ

२०७९ फाल्गुन २०, शनिबार १२:०४

जनकपुरधाम,(कुमार पंकज)
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ स्थित राजदेवी मूर्ति चोरी गर्ने पाँच जना पक्राउ परेका छ्न । धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए अनुसार उनिहरु भारत जाँदै गरेको अवस्थामा जनकनन्दनी गाउँपालिका ३ महुवास्थित रेलवे लिकबाट पक्राउ परेका थिए । प्रकाउ पर्नेमा मुख्य योजनाकार विदेह नगरपालिका ४ का ३० वर्षीय सरिफ मुस्लमानसहित पाँचजनालाई शनिबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो ।

सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह साह, क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका ७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतो पक्राउ परेका छन् ।

aone news

उनीहरुको साथबाट राजदेवी मन्दिरबाट फागुन १४ गते राति ताला तोडेर देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर सामानहरू बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।

उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ । पासपोर्ट थान–१, परीक्षा प्रबेश पत्र थान–१ ) तामाको मरअंकित बस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१ समेत बरामद गरिएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।

त्यस्तै दान पेटिकामा रहेको नगद २÷३ महिना देखी नखुलेको) र नगद ११ हजार ५०० रुपैयाँ समेत बरामद भएको हो । डाका तथा चोरी घटनामा प्रयोग गरेका कटुवा पेस्तोल १, त्यसमा प्रयोग हुने गोली १ राउण्ड, मोवाइल थान १३ थान, खुकुरी चार थान, ह्याक्सो ब्लेड १ थान, फलामको छेनी थान–२, ठुलो फलाको घन–१, सलाई रिन्च–१, फलाको चारपाटे बस्तु, खुकुरी थान–१, खन्ती थान–१ वटा समेत बरमद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?