१७ चैत, काठमाडौं
शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको एक सदस्य संघर्ष दाहालले बताए छन । मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही, गुनासो व्यवस्थापनका लागि प्रत्येक जिल्लामा अलग्गै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भएका छन् ।
जालसाजीपूर्ण तरिकाबाट फसाइएका, अदालतबाट सजायँ तोकिएका र पक्राउ पुर्जी जारी भएका पीडितलाई तत्कालीन समयमा कसरी न्याय दिने भन्ने छलफल अवको वार्तामा हुने र प्राथमिकता साथ समाधानका लागि पहल हुने दाहालले बताए ।साथै उनका अनुसार मिटरब्याज समस्याका कारण हिजोको दिनमा देखापरेका समस्याहरु समाधान कसरी गर्न सकिन्छ भन्नेमा वार्ता केन्द्रित छ ।






