२०८० बैशाख २९ काठमान्डौ
परम् पूज्य अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखर जीमहाराजको
सान्निध्यमा श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस
पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महात्सव


श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइयो ।
गीताप्रेस शताव्दीवर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना
भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २०८० बैशाख २० गते पूजा एवं प्रसाद वितरण
गरियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नै अयुतचण्डी महायज्ञमापाल्नु भएका पण्डित एवं
भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानवमात्रको कल्याणको लागि, नित्य स्तुति एवं
प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताहरुको सहयोगमा निःशुल्क वितरण गरियो ।
यसै अवसरमा २०८० साल बैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं
प्रसाद वितरण गरियो ।
नेपालमा गीताप्रेस शताव्दीवर्ष महात्सव कार्यक्रमको समापन आज मिति २०८०
साल बैशाख २७ गते श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन गरि मनाइयो ।
सम्माननीय राष्ट्रपतिश्री रामचन्द्र पौडेलज्यूबाट प्राप्त शुभकामना सन्देश वाचन गरी
शुभारम्भ गरिएको कार्यक्रम नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीज्यूको
विशेष आतिथ्यतामा भएको छ ।
श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष श्री जय किसन
सारडाज्यूको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षज्यूले उपस्थित सम्पूर्ण
महानुभावहरुको स्वागत गर्दै गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको
पुराणहरुको अनुवादको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल नेपालीप्रति अगाध माया गर्नु हुने परम पूज्य स्वामी श्रीप्रखरजीमहाराजज्यूले
विशिष्ट आतिथ्यता प्रादन गर्नु भई आर्शिवचन प्रदान गर्नु भएको थियो । साथै सो
अवसरमा वहाँको सम्मान गरिएको थियो । ्
कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन
राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीज्यूले सम्बोधन गर्दै गीताप्रेस पुस्तक प्रचार प्रसार
केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा
नेपालमा गीताप्रेसको अन्तराष्ट्रिय शाखाको रुपमा गीता प्रेस शताब्दीवर्ष महोत्सव भएकोमा
खुशी व्यक्त गर्दै सनातन धर्मको क्षेत्रमा गीताप्रेसको योगदान अतुलनीय रहेको र १००
वर्षको इतिहास आफैंमा एउटा गौरवमय रहेको हुँदा १०० वर्षको इतिहास भएको संस्था
गीताप्रेस गोरखपुर विश्व सम्पदामा सुचिकृत हुनु पर्ने बताउनु भयो । यस किसिमका
कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने
विश्वास व्यक्तगर्दै गीताप्रेस शताब्दी वर्षको शुभकामना दिनु भयो ।
सो कार्यक्रममा श्रीमद्भागवतमहापुराणका नेपाली सम्पादक प्रा. शिवगोपाल
रिसालज्यूले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाश पार्नु भएको थियो भने
श्रीशिवमहापुराणका नेपाली संपादक प्रा.डा. काशीनाथ न्यौपानेज्यूले श्रीशिवमहापुराणको
बारेमा प्रकाश पार्नु भएको थियो । साथै वहाँहरुले आगामी दिनमा गीताप्रेसबाट पुराण एवं
सनातन साहित्यका पुस्तकहरु नेपाली भाषामा प्रकाशित हुँदै जाने बताउनु भएको थियो ।
कार्यक्रममा श्री पुशपतिनाथकामूल भट्ट श्री गणेश रावलज्यू, पशुपति क्षेत्र विकास
कोषका सदस्य सचिव डा. मिलनकुमार थापाज्यूले शुभकाना दिनु भएको थियो ।
कार्यक्रमका अतिथि गीताप्रेस गोरखपुरका टष्ट्री श्री देवी दयाल अग्रवालज्यूले गीताप्रेसको
१०० वर्षको इतिहास र नेपालका लागि नेपाली भाषाको पुस्तकहरु छपाइमा गीताप्रेसको
तर्फबाट भएका कार्य र आगामी दिनमा गरिने कार्यको बारेमा जानकारी गराउनु भएको
थियो । कार्यक्रममा गीताप्रेस गोरखपुरका संचालक समितिका सदस्य श्री रामनारायण
चाण्डकज्यूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित महानुभावहरु एवं गीताप्रेस शताब्दीवर्ष आयोजनाको लागि
सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई आयोजक समितिएवं गीताप्रेस पुस्तकप्रचार
प्रसाद केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक श्री ईश्वरी प्रसाद रिमालज्यूले धन्यवाद
व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालनडा. वासुदेवकृष्ण शास्त्रीज्यूले गर्नु भएको
थियो ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था,
संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, मारवाडी समाजका
विभिन्न संघ संस्थाका पदाधिकारी, लव्धप्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु,
विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।






