रूकुममा जिप दुर्घटना ४०० मिटर तल खस्यो

२०८० जेष्ठ ११, बिहीबार १०:०८

रूकुम पश्चिको बाँफिकोटमा चिप्लो बाटोमा ब्रेक नलागेपछि जिप दुर्घटना भएको प्रहरीले बताएको छ।पानी परेको हुँदा बाटो चिप्लो भएको, त्यसमाथि ब्रेक नलाग्दा जिप दुर्घटनाग्रस्त हुन पुग्यो भनेर चालकले बताएका छन्।

बाँफिकोट–८ मा बिहीबार बिहान जिप दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको थियो। मृत्यु हुनेमा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसमेत परेका छन्।

जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

दुर्घटनामा सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शीतल कुसारीको मृत्यु भएको प्रहरीले बताएको छ। बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसीको पनि दुर्घटनामा मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?