२०८० साउन १५ काठमाडौ
काठमाडौ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने भनेपछि सोमबार दिनभर धुम्बाराहीमा भिड लाग्यो। राप्रपा नेता तथा कार्यकर्ताहरू धुम्बाराही पुगेर सडकमा गाडी तेर्साएर अवरोध गरे।
राप्रपाले झन्डै ११ वर्षदेखि केन्द्रीय कार्यालय बनाएको भवन के गर्ने भन्नेबारे सोमबार अपराह्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छलफल भइरहेको छ।
काठमाडौं महानगरका नगर प्रहरीहरू डोजरसहित हाँडीगाउँ पुगेर रोकिएका छन्। उनीहरू भवन भत्काउने आदेश कुरिरहेका छन्।
‘महानगर र काठमाडौंका सिडिओबीच छलफल भइरहेको छ,’ नगर नगर प्रहरी बलका प्रहरी निरीक्षक ईश्वर वाग्लले भने, ‘हामी स्ट्यान्डबाइ बसिरहेका छौं। आदेश आउनासाथ फिल्डमा जान्छौं।’
महानगरले राप्रपालाई कार्यालय खाली गर्न दिएको अल्टिमेटम आइतबार साँझ सकिएको हो। शुक्रबार अल्टिमेट दिँदा महानगरले आइतबारसम्म भवन खाली नगरे सोमबार भवन भत्काउने उल्लेख थियो।
अल्टिमेटम सकिँदा पनि राप्रपाले भवन खाली नगरेकाले डोजर लगाउन खोजिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए।
अल्टिमेटम सकिँदा पनि राप्रपाले भवन खाली नगरेकाले डोजर लगाउन खोजिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले बताएका छन।






