निगमले बढायो पेट्रोल र डिजेलको मूल्य , ग्यासको घटायो।

२०८० श्रावण १६, मंगलवार १६:२१

२०८० साउन 16 काठमाडौ ,

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ ।

निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । अब नयाँ मुल्य

प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर सात/सात रुपैयाँ बढेको छ । अब उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?