सतिबिहुला धाम मेलामा भक्तजनको भिड

२०८० श्रावण २३, मंगलवार ०८:४०

कुमार पंकज
सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालीका-२ संग्रामपुर स्थित सतिबिहुला धाम मेलामा भक्तजनहरुको भिड बढिरहेका छन् । मेलामा दैनिक २०÷३० हजार भन्दा बढी भक्तजनहरुले सतिबिहुला धामको दर्शन गरिहरेका छन् ।

हरेक तिन वर्ष पछि पर्ने मलमासको समयमै एक महिनासम्म यो मेला लाग्ने गर्दछ । एक महिना सम्म लागने मेलामा बिशेष आइतबार र मंग्लवारको मकर लागद छ्न । एक महिना सम्म लाग्ने मेलामा नेपाल र भरतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछ्न ।

पौराणिक मान्यता अनुसार सतिबुलाले आफ्नो पति (श्रीमान) लाई सर्पले टोकेर मृत्यु भएको अवस्थामा स्वर्गका देवताहरु कहाँ पुगेर ज्यान बच्चाएका थिइन । त्यसैले उनलाई सति भनेर पनि चिनिन्छ । अहिले पनि उनलाई सधारण नारी नरहेकी उनी देवताको अवतार रहेको आम समुदायमा बिश्व रहेको छ । त्यसैले सतिबिला धाम दर्शन गर्दा आफ्नो मनोकामना(इक्छा) पूरा हुने मान्यताले नेपाल भारतबाट हजारौंको संख्या मा श्रद्धालु भक्तजनहरु आउने गर्दछ्न ।

भक्तजनको संख्या बढेसँगै त्यसको सहज ब्यवस्थापनका लागि आफूहरु तयार रहेको र स्वमसेवाक परिचालन र नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पनि हामीलाई सहयोग गरिरहे पर्सा गाउँपालिका-२(संग्रामपुर)का वाड अध्यक्ष राकेश रामले बताउनु भयो । रामले एक महिने मेलामा झण्डै १०-१२ लाख भन्दा बढी भक्तजनले सतिबिहुला धामको दर्शन गर्ने दाबी गर्नुभयो ।

भक्तजनहरुका सहज दर्शनको लागि हामीले राम्रो तयारी गरेको बाटो व्यवस्थापन,सुरक्षा, स्वास्थ शिविर लगायत सबै सेवा हामी सहयोग गरिरहेको स्वामसेवकहरुले बताउनु भयो । साथै मेलामा मनोरञ्जनात्मक खेल झुलुवा र व्यापारीहरुले सहजै व्यपार गरिरहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?