सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

२०८० श्रावण २६, शुक्रबार ११:४१

२०८० साउन २६ काठमान्डौ

सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत  नियम ल्याएको हो । सुर्तीजन्य वस्तु जस्तै –  गुट्खा, पान मसला,सुर्ती, खैनी स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।

सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै , ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?