आज देखि हुन लागेको एशिया कप क्रिकेट प्रदेश २ को भिन्न सहर हरु मा वर्ल्डलिङ्कको सहकार्यमा क्रिकेट संघ र क्लबहरू प्रोजेक्टर स्क्रीनमा एसिया कप नि:शुल्क देखाउन लागेका छन् ।
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलमा नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाल र पाकिस्तानबीच बुधबार(आज) पहिलो भेट दिउँसो ३:१५ बजे हुनेछ।
एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्दरसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
प्रोजेक्टर स्क्रीनिंग हुने ठाउँ हरु यश प्रकार छन् :
राजविराज-आनन्द साह राजदेवी कभर्ड हल
जनकपुर–रामचोक, घण्टाघर
लहान-होटेल सिम्रिक
वीरगन्ज-माइस्थान मन्दिर
गौर-गौर राइस मिल
हेटौंडा-हुपरा चौर
#Worldlink #Asiacup #NepalTeam #cricket






