रक्षा बन्धन किन बाँधिन्छ ? यस्तो छ धार्मिक कारण

२०८० भाद्र १४, बिहीबार १०:०३

जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?