धनुषाका गिद्धा वेलापट्टीमा शिक्षक उत्प्रेरणा तथा कर्तव्य बोध समपन्न भएको छ ।

२०८० भाद्र २९, शुक्रबार १३:५६

जनकपुरधाम जनता नमुना प्राविधिक माध्यमिक विद्यालय बेलापट्टीको आयोजनामा शिक्षकहरुमा उत्प्रेरणा र कर्तव्य बोधमा वृद्धि हुने उद्दश्यले कार्यक्रम समपन्न गरिएको हो ।
शुक्रवार विद्यालयको क्याम्पस संयोजक डा. रामसागर पडिंतको अध्यक्षता तथा यदुकोहा मा. वि.का भु. पु. प्रधानाध्यापक लालबाबु हाथीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा शिक्षक एवम् समाजसेवी रामप्रसाद मण्डल, शिक्षक, अभिभावक संघका उत्तिम लाल मण्डल, दाता परिवारका पशुपति मण्डल र विमलदेव विराजी सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले शिक्षकहरुले विद्यालयमा जागिरे जस्तो नभई बिद्यार्थीलाई आफ्नै छोराछोरी सरह व्यवहार गर्नुपर्नेमा जोड दिए । उनीहरुले शिक्षा नै समाजको प्रमुख आधार रहेकोले विद्यालयको जागिरलाई सेवाको रुपमा लिन शिक्षकहरुलाई आग्रह गरे ।
कक्षा एकदेखि बारह तथा बि. एड. र बि. बि. एस. सन्चालनमा रहेको यो विद्यालयमा पाँच हजारभन्दा बढी बिद्यार्थीहरु अध्ययारत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?