वैदेशिक रोजगारीमा युवाहरु ठगिदै

२०८० भाद्र ३०, शनिबार ०८:२७

कुमार पंकज ,सप्तरी  । नेपालबाट युवाहरु बाहिरिने क्रम बढेसँगै ठगीका घटना पनि बढ्दै गएका छन् । राम्रो काम र पैसाको लागि राम्रो मुलुकमा पठाइदिन्छु भन्ने बहानामा ठगीमा पर्ने युवाहरुको संख्या बढ्दो क्रममा रहेको छ । यस्तै घटना हो सप्तरीको रुपानी नगरपालिका र डाक्नेसरी नगरपालिकाका तीन जना युवाहरुको , शोभाकान्त चौधरी, शंकर राम र दिपक साहकले बिदेशको यात्रा तय गरे । बिदेश जाने निर्णय गरेका तीन युवाको भेट  सप्तरीको एजेन्ट राजिन्द्र मण्डल संग भयो ।

मण्डलले मोरिसिस भन्ने देशमा पठाउने र अहिले भिसा लगाइ दिन्छु भन्दै तीनै जना वाट प्रतिव्यक्ति पचास हजारका दरले माग गरेको थिए । बैदेशिक रोजगारमा पठाउने भन्दै तिनै जानको मेडिकल गराएर १२०००/- रुपैया लिइ सकेको छ । तर अहिले तीन चार महिना बितिसक्दा पनि भिसा आएको छैन । पैसा लिएका मण्डललाई अहिले फोन गर्दा फोन पनि उठाउदै न सम्पर्क बिहिन भएक छन । युवाहरूले पैसा मग्दा पैसा न दिने अटेरी गरिरहेको छ ।

पछिल्लो समयमा यसरी ठगिने युवाहरुको संख्या बढ्दो छ ।बैदेशिक रोजगारीमा जाने युवाहरु ठगिने क्रम वढदै गएको छ । बैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै दिनहुँ प्रहरी र वैदेशिक रोजगार परामर्श केन्द्रमा उजुरी पर्ने क्रम पनि बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?