२०८० असोज १ काठमाडौ ,
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दा न्यायाधीश अभावको कारणले स्थगित गरको छ।
भदौ २१ गतेको आदेशले आज सुनुवाइ हुने भनिएको उक्त मुद्दा पेशी नचढी स्थगित भएको हो।
जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार न्यायाधीश अभावका कारण लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको हो।






