२०८० असोज ३ काठमाडौ ,
एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।
प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्ने छ ।






