शिक्षकका जायज मागहरू सम्बोधन हुनेगरी वार्तालाई सकेसम्म आजै निश्कर्षमा पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको बताइएको छ
रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरूङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरूसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन्।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।






