क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

२०८० आश्विन ७, आईतवार १०:१९
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ। जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो।
यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो।
आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो। स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।
यही मुद्दाको कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने विषय टुङ्गो लाग्न सकेको छैन। २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd




