डाक्टरमाथि कुटपिट गरेको विरोधमा माइतीघरमा प्रदर्शन

२०८० आश्विन ९, मंगलवार ०७:०१

२०८० असोज ९ काठमाडौं

मंगलबार माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन्।

आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए। त्यसैको लागी आज माइतीघरमा प्रदर्शनमा वीर अस्पताल , पाटन अस्पताल,  लगायत काठमाडौं‌ उपत्यकाका डाक्टरहरू सहभागी भैइ विरोध प्रदर्शन गरेका छन्।

साथै चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन्। सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। त्‍यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।

यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?