एसियाडको क्रिकेटमा नेपालको कीर्तिमानै कतिको रेकर्ड टुटयो

२०८० आश्विन १०, बुधबार १४:५४

२०८० असोज १० , हान्झाउ ।

चिनमा १९औं एसियाडमा नेपालले बुधबार क्रिकेटमा कति कीर्तिमानै कीर्तिमान बनाएको छ।

एसियाडमा ८ वर्षपछि पुनरागमन गरेको नेपालको  क्रिकेटमा नेपालको पुरुष टिमले पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेलेको मंगोलिया विरुद्ध कीर्तिमान बनाएको छन।

कुशल मल्लको कीर्तिमानी शतक ३४ बलमा १०० रन ५० बल खेल्दै १३७ रन बनाएका थिए  । दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकमा ९ बल खेल्दै ५० रन  टी-२० अन्तर्राष्ट्रियमै नेपालले कीर्तिमानी ३१४ रनको स्कोर बनाएको थियो ।

३१५ रनको विशाल रनको  कीर्तिमानी लक्ष्य पछि गर्दै मंगोलियालाई ४१ रनमा अलआउट गरेको थियो यो संगै अर्को कीर्तिमानी २७३ रनको जित हात पार्दै रेकर्ड बनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?