विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश

२०८० कार्तिक ८, बुधबार १४:२४

चन्दन रजक राजविराज। जनता समाजवादी पार्टी नेपालका कल्याणपुर ना.पा पूर्व सचिव तपेश्वर यादव तथा पुर्व वन अधिकृत हरिनारायण मण्डल साहसहित विभिन्न पार्टी परित्याग गरि सयौं जना भन्दा बढी जनमत प्रवेश गरेका छ्न।

बुधबार राजविराजमा वृहत पार्टी प्रवेश कार्यक्रमको अवसरमा जसपाका पुर्व जिल्ला सचीव र पुर्व वन अधिकृत देव नारायण झा र रेन्जर लक्ष्यमण यादव , जसपाबाट अरबिन्द्र कु यादव ,ताहिर राइन ,तेतर, राइन, अरुण यादव ,सुरेन्द्र यादव र एमालेबाट फुलेश्वर दास ,दिपेश मण्डल ,दिलिप सहनी , सन्तोष खंग र नेपाली कांग्रेसबाट अमर साह, चन्देश्वर कुशैयतसहित सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन।

दिपावली,छठ तथा भाइ तिका पर्वको हार्दिक मंगलयम शुभकामना दिदै उनिहरुलाई पार्टीमा अध्यक्ष डा.सीके राउतले स्वागत गरेको हो।

मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव ,मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह ,अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सभा सदस्य सतिश सिंह ,प्रदेश सांसद सकिल अलि र प्रदेश सांसद रन्जु खंगसहितको नेताहरुले नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?