२०८० कार्तिक २० काठमाडौ ,
भाटभटेनी सुपरमार्केटको मालिक प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकमको चेक उपलब्ध गराएको जानकारी भएको छ।
भूकम्प प्रभावितलाई राहतको लागि सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको भाटभटेनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।






