काठमाडौ, माघ ५ गते । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट हुँदै बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेका छन । उनको यो करिअरको पहिलो शतक हो ।
विपिन आचार्य र सूर्य तामाङले ९(९ रन बनाए । वागमती ४० ओभरमा २३०–४ को अवस्थामा थियो । त्यसपछि बाँकी ८.३ ओभरमा ४३ रन बनाउन ६ विकेट गुमाए। अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट , हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ र फिर्दोस अन्सारीले १ विकेट लिएका छन।






