पोखरामा जीप दुर्घटनामा परि एक जनाको मृत्यु

२०८० माघ १०, बुधबार ०७:१३

जनकपुरधाम, माघ १० । पाेखरामा जीप दुर्घटना हुँदा तीन जना घाइने भएका मध्ये एकजनाको मृत्यु भएको छ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ । जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?