जनकपुरधाम, माघ १५ गते । गत शिनवारको राती (आइतवार विहान) १ देखि २ को करीब वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल मा अध्ययनरत दुईजना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको समाचार आएपछि आफन्तलाई घटना संयोजित रुपमा भएको आशंका लागेको छ ।
मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २२ वर्षीय सुमित यादव रहेको छ ।
घटना वीरगन्जको नेसनल मेडिकल कलेजको केही दुरीमा भिस्वाको जिल्ला आयुर्वेद अस्पतालनजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यामाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटनामा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी भनाइ रहेको छ ।
मृतक सुजित यादवको जेठा दाजु आषिश कुमार यादवले घटना बारे यसरी भन्नेका छ्न , ” राती २ बजे तिर आफनो विद्यार्थी होस्टल बाहिर जाँदा पनि आफुहरुलाई किन खवर भएन ? घटना रातीको ३ बजे घटेको भए पनि हामीलाई कलेजले बिहानको ११ बजे जानकारी किन गराए ? जब हामी सिसिटिभी फुटेज माग गर्दा कलेज प्रशासनले किन दिन मानेन ?” प्रश्न गर्दै शंका व्यक्त गरेका छन् ।
“सपना थियो छोरा डाक्टर बनेर आउछ । तर छोराको मृत्युको समाचार सुने । मेरो छोराको संयोजित रुपमा हत्या भएको” मृतकका बुवा फुदन यादवले आशंका व्यक्त गरेका छ्न । “मेरो एउटै माग छ, घटनाको सत्य तथ्य छानबिन होस र दोषीलाई कार्वाहीको दाइरामा ल्याइयोस ।”
आशंका उब्जाउनुका कारण ?
१) कलेज प्रशासनको ठुलो कमि कमजोरी देखिन्छ आफ्नो विद्यार्थीको सुरक्षा/निगरानी किन गर्न सक्ने ?
२) राती ३ बजे भएको घटनाको बारेमा किन भोलि बिहान ११ बजे जानकारी गराइन्छ ?
३) कलेज प्रशासनले किन सिसिटिभी फुटेज दिन मान्दैनन् ?
४) जब विद्यार्थी कलेजबाट २ बजे निस्कन छ र कलेजको केही दुरिमै घटना हुन्छ ?
कलेजमा आफुले ४० लाख रुपैयाँ बुझाइसकेको छु । त्यसमा पनि सुरक्षित छात्रावास समेत रहेको छ । तर पनि मेरो डाक्टर बाबुलाई सुरक्षा गर्न सकेन परिवारजनले आफ्नो दुखेसो पोख्दै प्रश्न गरेका छ्न ।






