जनकपुर,बैशाख १०,डेस्क। तलब नपाएको भन्दै श्री जानकी आँखा अस्पताल जनकपुरधामका चिकित्सकहरु आन्दोलित भएका छन्। नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको श्री जानकी आँखा अस्पतालका चिकित्सकहरु विगत पाँच दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलन स्वरुपमा उनीहरुले बैशाख ५ र ६ गते कालो पट्टि बाधी काम गर्ने, ८ देखि ९ गते १ घण्टा कलम बन्द गर्ने, १० गते पत्रकार सम्मेलन गर्ने र १२ गते अस्पताल प्रशासनिक भवनमा तालाबन्दी गर्ने यी सबै कार्यकम भएको २४ घण्टा भित्र पनि कुनै किसिमको सकारात्मक पहल नभएमा सभापति लगायत मेडिकल डाइरेक्टरलाइ अस्पताल प्रवेश गर्न नदिने कार्यक्रम रहेको छ।
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीलाई विगत तिन महिनाको तलब,भत्ता नदिएको आन्दोलनरत कर्मचारीको गुनासो छ। समयमै अस्पताल प्रशासनले प्रभावकारी कदम नचाले कर्मचारीको थप आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित हुन् सक्ने छ। अस्पतालका चिकित्सकहरु दिनहुँजसो आन्दोलन गरिरहेका छन्।
आन्दोलनरत कर्मचारीले आफूहरुले विगत तिन महिनादेखि तलब,भत्ता कत्तिपनि नपाएको गुनासो गरे। ‘पहिला नियमित रुपमा तलब खुवाउँदै आएको अस्पतालले तलब दिन छाडेको तीन महिना भईसक्यो,’ आन्दोलनरत एक स्वास्थ्यकर्मीले भने।






