रौतहटमा पाँच घर जलेर नष्ट, १० लाखको क्षति

२०८१ बैशाख १८, मंगलवार ०१:५९

१८ बैशाख,रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित ट्रान्सफर चोकमा आगलागीबाट पाँचघर जलेर नष्ट भएको छ । स्थानीय सरोज बैठा, नवल सहनी, दोरीक सहनी र छठू साह सोनारको घर  जलेर नष्ट भएको हो ।

आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। शुक्रवार साँझ ७ बजे सत्रुधन बैठा धोवीको घरमा खाना पकाउने क्रममा अचानक आगलागि सुरु भएको प्रहरीले जनाएको ।

आगलागीबाट अन्नपात, लत्ताकपडा गरी  १० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनालगत्तै सशस्त्र प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?