२४ वैशाख,सर्लाही । सर्लाको हरिवन नगरपालिकाका विभिन्न स्थानमा हरेका निजि औषधी पसलहरुले मापदण्ड विपरीत औषधि बिक्री वितरण गरेको पाइको छ । मापदण्ड विपरितका र निषेधित औषधि बिक्री गरेको आरोपमा प्रहरीले सर्लाही हरिवनका तीनवटा औषधि पसल र अस्पताल सिल गरेको छ।
हरिवन-११ स्थित हरिवन बजारमा रहेको न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र हरिवन-९ नयाँरोडमा रहेको नयाँरोड सीटी हेल्थकेयर हस्पिटल प्रालिमा सिल गरिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए। गोप्य सुचनाको अधारमा ती औषधी पसलहरुमा अनुगमन गर्दा मापदण्ड विपरीत निषेधित र समय नाघेका औषधीहरु पाइएको भन्दै सिल गरिएको औषधी व्यवस्था विभाग शाखा वीरगन्जले जनाएको छ ।
ती औषधि पसलबाट म्याद नाघेका Clonaz- 0.25, Oticin, Tracedol, Loree, Dolomust-MR, Rabiroz-DSR, Ashyclotlam-SP, SPASMO लगायतका औषधि बरामद गरिएको छ । सिल गरेका औषधी पसलहरुलाई अर्को आदेश नहुन्जेल सम्मको लागि बन्द गरिएको छ ।






