२७ वैशाख,सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुरका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । तराई–मधेसका जिल्लामा अहिले अत्यधिक गर्मी बढेपछि खानेपानीको अभाव हुन थालेपछि सर्लाहीको पर्सा गाउँपालिका वाड-२ संग्रामपुरमा धारा जडान गरि प्रतेक घरमा खानेपानी (नलजल)को व्यवस्था गरिएको छ ।
वाडबाट बजेट छुट्याइएर वाडको ५०० सय घरधुरीमा धारा जडान गर्ने वाड अध्यक्ष राकेश रामले बताए । वाडमा पानीको समस्या भएपछि समस्याको समाधानमा लाग्ने गरि योजना बनाएको वाड अध्यक्ष रामले बताए ।
वैशाख सुरु भएलगत्तै चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको स्थानीयवासीले बताएका छन् । वाडमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीयहरु पानीको खोजीमा बाल्टी र बोतल लिएर घुम्ने अवस्था आएको थियो । तर पानीको धारा लागे पछि स्थानीयवासी राहत पाएको महसुस गरेका छ्न । वाडभरिमा १० वटा बोरिङ जडान गरि मुख्य पानीको स्रोत बनाएको छ । बोरिङको पानीलाई ट्यांकीमा संरक्षण गरि हरेक घरधुरीमा धारा जडान गरि पानी पुर्याएको छ ।
स्थानीय बबिता रामले भनिन् “घरमै खानेपानी आएपछि सहज भएको छ ।” उहाँले भनुभ्यो, “पानी लिन बाल्टिन लिएर टाढा जानू पर्थियो,घन्टौं समय बित्थ्यो । अहिले घरमै पानी आएपछि खुशी लागेको छ ।”






