धनुषामा “मानव बेचबिखन बिरुद्ध” को अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८१ श्रावण १५, मंगलवार २१:१८

जनकपुरधाम,१५ साउन । आज धनुषामा “मानव बेचबिखन बिरुद्ध” को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसकोअवसरमा  अन्तरक्रिया कार्यक्रम गरिएको छ । माइती नेपाल र जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा राजनन्दन मण्डल र बिशिस्ट अतिथिको रुपमा राम राजु कडरिया रहेका छन्।

जिल्ला समन्वय समितीको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रममा महिलाहरुलाई बिभिन्न प्रलोभन देखएर बेचबिखन भैररहेको र त्यसपछि महिलाहरुले बिभिन्न समस्याहरु भोग्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय घनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताएका हुन्। यसलाई न्यूनिकरण गर्न स्थानियतहहरु र बिभिन्न मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

मानव अधिकार, समन्वय समिती, स्थानियतह र मानव बिकास सेवामा सरोकारवालाहरु सबै जिम्मेवार हुनुपर्नेमा जोडदिए । ‘मानव अधिकारको संरक्षणको बिषयमा प्रहरी प्रशासन संवेदनशिल छ तर समाजका आम नागरिकहरुमा परिवर्तन आउन बिभिन्न सचेतना मूलक कार्यक्रम तथा अभियानहरु स्थानियतहबाट संचालन हुन आवश्यक रहेको तिवारीले बताएका छन् ।

यस कार्यक्रममा मानव बेचबिखनको बिषयमा बुझ्नु पर्ने आवश्यक कुराहरुको बारेमा जानकारी दिंदै मानव बेचबिखन र तस्करीमा महिला मात्र नभई बालबालिका र युवाहरु समेत बेचबिखनमा परेको तिवारीले बताएका छन् ।

यस्तै मानव बेचबिखन र आधुनिक युगको दासता, घरमा कामदारको रुपमा रहेका कामदारहरुको समस्या, मानव बेचबिखन र दासता सम्बन्धि तथ्यांक, मानव बेचबिखनको अवस्था, मानव बेचबिखन र दासता सम्बन्धि नेपालको तथयांक, नेपालमा लैगिंक हिंसा र घरेलु हिंसाको अवस्था र मधेश प्रदेशमा लैगिंक हिंसाको मुद्दा दर्ता र फर्छौटको अवस्था र प्रदेश सरकारको नितीगत व्यवस्था, प्रदेश सरकारले संचालन गर्ने कार्यक्रमहरु र चुनौतीको बिषयमा सहजीकरण गरिरहेका छौ।

मानव बेचबिखन तथा ओसार पसार, ऐन कानुन, दण्ड सजायको बिषयमा जानकारी दिंदै पछिल्लो समयमा मानव बेचबिखन तथा ओसारपसार नयाँ विधिहरुबाट भैरहेको हुँदा यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न स्थानिय सरकार र बिभिन्न सरोकारवालाहरुको हातेमालो हुन आवश्यक भएको प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?