रौतहटमा वृद्धको हत्या, अनुसन्धान जारी

२०८१ श्रावण ३०, बुधबार १२:२०

रौतहट, ३० साउन । रौतहटको गौर नगरपालिका–५ कोइरी टोलमा ७४ वर्षीय अनिरुद्ध महतोको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। उनको शव बुधबार बिहान घरबाट करिब २ सय मिटर पूर्वको धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनास्थलको मुचुल्का उठाईएको छ भने शव परीक्षणका लागि पठाइएको छ। हत्याराको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?