राखी बनाउने प्रतियोगितामा सपना यादव प्रथम

२०८१ भाद्र २, आईतवार १७:१४

भाद्र ०२, सनोज। मनराशिस्वा नगरपालिकाको एक विद्यालयले राखी बनाउने प्रतियोगिताको आयोजना गरेका छन्।

हिन्दु धर्ममा मनाइने राखी पर्वको अवसरमा श्री जनता माध्यमिक विद्यालय कटैयाले प्रतियोगिता आयोजना गरेका हुन्।

बिधार्थीहरु भित्र रहेको कला र आफ्नो हिन्दु धर्म प्रतिको आस्था बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताएको छ।

मनराशिस्वा नगरपालिकाले अहिले एउटा भिजन लिएर अगाडी बढिरहेको र त्यहि कार्यक्रमहरु अन्तरगत विभिन्न आयोजनाहरु अगाडी बढिरहेको छ।

हाथे राखी बनाउन प्रतियोगितामा प्रथम दोस्रो तेस्रो र चौथो हुने विधार्थीहरुलाई पुरस्कारको ब्यावस्था समेत गरिएको थियो।

शुक्रवार भएको प्रतियोगितामा कक्षा ८,९ र १० का बिधार्थीहरुले भाग लिएका थिए। भने प्रथम हुनेमा कक्षा १० मा अध्यनरत बिधार्थी सपना यादव , दोस्रो हुनेमा कक्षा ९ मा पढ्ने आदित्य ठाकुर, तेस्रो स्थानमा कक्षा ८ मा पढ्ने आंचल र त्यस्तै चौथो स्थानमा कक्षा १० मा अध्यनरत स्थानिय बिधार्थी प्रिती रहेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?