झापाको अर्जुनधारामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०८१ भाद्र ९, आईतवार १३:१५

भाद्र ०९, झापा। झापामा एकजना १६ वर्षकी किशोरीमाथि शुक्रबार राति सामूहिक बलात्कार भएको छ।

अर्जुनधारा नगरपालिका वडा नम्बर-७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बताएका छन्।

अर्जुनधाराको हाट र होटलमा पुर्‍याएर बालिकामाथि बलात्कार भएको हो। सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन्। समूहका एक जना भने फरार रहेको केसीले बताए। भने अन्यलाई पक्राउ गरिएको छ।

पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन्। ‘पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा उल्लेख छ’, प्रहरीले भनेको छ ‘पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य छ। अभियुक्तहरुलाई आइतबार म्याद थप हुँदैछ।’भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?