कांग्रेस महाधिवेशन उद्घाटन : खुलामञ्चमा जुट्दै शीर्ष नेता, को जाँदैछन् को जाँदैनन्?

२०८३ आश्विन १८, आईतवार १३:३६

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन समारोहका लागि कांग्रेसले स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाएको छ।

महाधिवेशनको उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गरिएको छ र उहाँ अनुपस्थित रहे वर्तमान सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने निश्चित भए पनि केही दलका प्रमुख नेताहरू भने उपस्थित नहुने भएका छन्।

समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वयं सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अर्कातिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुवाको निधनपछि जुठो/बरखीमा रहेका कारण समारोहमा उपस्थित हुन नसक्ने भएका छन्। उहाँको स्थानमा एमाले महासचिव शंकर पोखरेल सहभागी भएर शुभकामना मन्तव्य दिनेछन्।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उपस्थित नहुने भएकाले उहाँको प्रतिनिधित्व गर्दै पार्टीका सहअध्यक्ष शरतसिंह भण्डारी उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?