इलाका प्रहरी कार्यलय रंगेली द्वारा ७ लाख बराबरको पटका नष्ट

२०७९ कार्तिक ६, आईतवार ०५:५१

नेपाली हरुकाे महान चाड तिहार तथा छठ पर्वका लागि भारतबाट अवैधरुपमा चोरी निकासी गरी नेपालतर्फ भित्र्याउने क्रममा इलाका प्रहरी कार्यलय रंगेलीले पटाकाजन्य सामाग्री नियन्त्रणमा लि नष्ट गरेको छ ।

गाेप्य सुचनाकाे आधारमा बिशेष प्रहरी टोलीले रंगेलीकाे ,चाेप्राह , आमगाछि ,कर्सिया, नाेचा, डईनिया लगायत का विभिन्न स्थान हरुबाट पटका जन्य बस्तु हरु पक्राउ गरेको थियोे ।

 

प्रहरीले विभिन्न नाकाबाट अन्दाजी ६ लाख ५५ हजार बराबरको क्लासिक कलर सट, ग्राउण्ड चक्कर,फ्लावर पटस,फुलझडी,किडस कलर, रकेट बम,नागिन-कोब्रा पटाका लगायतका सामानहरु पक्राउ गरेकाे थियोे । बरामद गरीएकाे पटका जन्य बस्तु आईतबार बडा अध्यक्ष , स्थानिय , पत्रकारको संयुक्त रोहवरमा खाल्डाे खनी पानी हालेर नष्‍ट गरीएकाे इलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख शैलेश न्याैपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?