जनकपुरधाम,२१ भदौ । नेपाली किसानका थुप्रै समस्यामध्ये मलको समस्या निकै जटिल छ। विभिन्न समयमा मल अभावले नेपाली किसान आक्रान्त हुने गरेका छन्। तर, विभिन्न देशबाट आयात गरिएका मल प्रयोगले नेपाली माटो बिगारेको, उत्पादन शक्तिमा ह्रास आएको, अम्लियपन बढेको लगायत समस्याको पनि चर्चा हुँदै आएको छ। 
यस्तै समस्या समाधान गर्न ‘उचित जैविक उद्योग’ ले नेपालमै जैविक मल उत्पादन गरिरहेको छ । सबैला नगरपालिका वाड- ९ मा उचित जैविक उद्योग प्रा.लि को आयोजना र कोइका जिजिजिआइ (KOICA-GGGI CSA) को सहयोगमा पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलन मार्फत `दिगो माटो पुनरुत्थान परियोजना´ को बारेमा चर्चा गरिएको हो ।
उक्त परियोजना अन्तर्गत माटोको उत्पादनसिल क्षमताको साथसाथै माटोले प्रदान गर्ने पारिस्थितिक सेवालाई जगेर्ना, संरक्षण र वढावा दिने विषयमा चर्चा गरिएको थियो। माटो केवल वाली विरुवाको उत्पादनको लागि मात्र सिमित नभई यसले पानीको सुद्धिकरण, विषाक्त रसायनको निर्मलिकरण, हरित ग्यासको नियमन, जिवजनन्तुको वासस्थान, जैविक विविधता एवं सुक्ष्म जिवाणुलाई आश्रय जस्ता विभिन्न जिवजन्तुको अस्तित्व र जिवनसंग प्रत्यक्ष जोडिएको विषय भएको हुदा दिगो माटो व्यवस्थापन, माटोको जैविक तथा रासायनिक गुणका साथसाथै अन्य विविध पक्षलाई थप विग्रन नदिई संरक्षण गरि थप राम्रो वनाउने अवधारणा बोकेको परियोजना हो ।
उक्त परियोजना अन्तर्गत किसानहरूको समुह बनाएर किसानहरुलाई आफ्नो उत्पादन गरेको जैविक मलको प्रयोग समेत गर्न दिएको थिए । किसनले प्रयोग गरेको मलको प्रयोगबाट किसानलाई कतिको लाभ ? प्रतिफल भयो भन्ने समेत किसनहरुसंग प्रतिक्रिया लिएको थियो ।
जैविक मलको प्रयोग गरिरहेको किसानहरुको प्रतिक्रिया सकारात्मकनै थियो । त्यहीँका एक जना किसानले बताउँछ छन, जब म जैविक मल प्रयोग गर्न सुरु गरे त्यतिबेला देखि मेरो बालीमा धेरै परिवर्तन आएको छ । जैविक मलको प्रयोगले उत्पादन पनि बढिरहेको बताएका हुन् ।

कार्यक्रम रामहृदेय यादवको अध्यक्ष्ातामा, प्रमुख अतिथि सबैला नगरपालिका वाड ९ का वाड अध्यक्ष मनिष राय यादवको उपस्तिथि रहेको थिए । साथै सम्मेलनमा ३३ जना किसानहरुको सहभागीता रहेको थियो ।







