जनकपुरधाम,२७ भदौ । बालिका तथा युवतीहरुका लागि सुरक्षीत,समावेशी र गुणस्तरीय शिक्षामा पहुँच उदेश्यका साथ धनुषाको सहिद नगरपालिकामा बालिका शसक्तिकरण परियोजनाको वार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि सरोकारवाला निकायहरु संग अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टनेसनलको आर्थिक सहयोग , सपोर्ट नेपाल काे सहजीकरण तथा आसमान नेपाल र सिएफड्लुए(CFWA) को सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
यस परियोजनाले बालिका तथा युवतीहरुका लागि गुणस्तरीय शिक्षा संगै प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई बालमैत्रीपूर्ण वातावरणमा सिकाइ तथा लैङ्िगक रुपान्तरण र समावेशी सिकाइलाई सवलिकरण गर्ने उदेश्यमा छलफल गरिएको थियो । साथै बालिका सशक्तिकरण, यसको महत्व,बालबालिकाको भविष्य निर्माणमा स्थानीय तहसम्म नागरिकका अपेक्षा तथा जनप्रतिनिधिका काम तथा जिम्मेवारी, बालिका शिक्षा र यसको महत्व,विषयमा छलफल भएको थियो ।
कार्यक्रम सपोर्ट नेपालका उपाध्यक्ष सुनिल कुमार मलिकको अध्यक्षता तथा सहिदनगर नगरपालिका प्रमुख दिनेश प्रसाद यादवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा जनप्रतिनिधि,समाजिक अभियानता, समाजसेवी, सञ्चारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।






