भाद्र १८, जनकपुरधाम । धनुषाको जनकपुरधाम नयाँ जिम क्लब संचालनमा आएको छ । संचालक सतिस कुमार साह र राज यादबले जनकपुरधाममा “फिटनेस हब सेन्टर” सञ्चालनमा ल्याएको छ । यहि वर्ष असार ३१ गते उद्घाटन गरी उक्त क्लब संचालनमा ल्याएको छ ।
क्लब संचालनमा आएपछि शारिरीक व्यायम गर्नेहरुको लर्को लागेको छ । बिहान ५ बजेदेखि राति १० बजेसम्म उक्त जिम खुलेको हुन्छ यो बीचमा जतिबेला पनि आएर जिम गर्न सकिन्छ संचालक सतिस कुमार साहले जानकारी दिएका छन ।
यो जिम क्लबले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने संचालक साहले बताएका छन । विशेष गरी यस क्षेत्रका युवाहरुको स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउन सक्ने उनले दाबी गरे । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उनले भने, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ बताउँदै संचालक साहले स्वास्थ्यका लागि फिटनेस सेन्टर महत्वपूर्ण रहने बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ महावीर चौक नजिक मरवाडी सेवा समितिको छेउमा संचालनमा आएको फिटनेस सेन्टरमा नविनतम प्रविधिको प्रयोग गरी आधुनिक डिजाइनमा फिटनेस क्लब तयार गरिएको छ ।
‘फिटनेस सम्बन्धी सम्पूर्ण अभ्यास क्लबमा हुन्छ,’ साहले भने, ‘वेट गेन, वेट लस, वेट लिफ्टिंग, पावर लिफ्टिंग, फिटनेश टे«निंग, वेट टे«निंग, डाईट एण्ड न्युटिसन, सहित कार्डियो अभ्यास पनि क्लबमा हुनेछ । क्लबमा आधुनिक उपकरणको जडान गरिएकाले फिटनेस सम्बन्धी भरपर्दो अभ्यास हुने साह बताउँछन् ।