समृद्धिको बाटो नै बचत हो : कार्यवाहक अध्यक्ष दास ले बताए

२०८१ भाद्र ३०, आईतवार १९:०१

३० गते भदौ । बचत बिना समृद्धि सम्भव छैन । बचत गर्नका लागि सहकारी संस्था महत्वपूर्ण छ । सहकारी मार्फत भएपनि बचत गर्न मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासले बताउनुभयो । आइतवार नगराइन नगरपालिका स्थित नगराईन बचत तथा ऋण सहकारी संस्था लि. को चौथौ वार्षिक साधारण सभा तथा स्थापना दिवसको प्रमुख अतिथि कार्यवाहक अध्यक्ष दासले सो कुरा बताउनुभयो । उहाँले सहकारीको बारेमा व्याख्या गर्दै भने, ‘जहिलेपनि बचत महिल नै गर्छिन् । सहकारी संस्थाहरुमा बढी सहभागी महिलाहरु हुन्छिन्, यो सुखद पक्ष हो । विगतमा पनि महिलाहरु खाना पकाउँदा चावल बचत गरी घर चलाउौंथन आज त्यसको रुपान्तरण बचत तथा ऋण सहकारी संस्था हो। यसमा बढीभन्दा बढी महिला तथा पुरुषहरु लाग्न आवश्यक
सहकारी संस्थाहर खुलेपछि महिलाहर आत्मनिर्भर हुन थालेकी छन् । साना साना उद्योग, कृषि, पशुपालन, घरेलु उत्पादन लगायतका लागि बिना झन्झटले सहकारीमा जम्मा गरी राखेको रकमबाट सञ्चालनमा ल्याउन सकिन्छ त्यसैले बढीभन्दा बढी सहकारी संस्था समृद्धिका लागि अति उत्तम रहेको कार्यवाहक अध्यक्ष दासले बताउनुभयो । सहकारीका अध्यक्ष रामसुबेदी दासको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका व्यवस्थापक मनोज दासले
संस्थाको बारेमा तथा आयव्याय प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा शेयर सदस्य संख्या ९६२ रहेको छ भने ती मध्ये महिलातर्फ ४६५ र पुरुषतर्फ ४९७ वटा बचतकर्ता रहेको जनाइएको छ । त्यसैगरी चालु आवको संस्थाको बचत ५ करोड १२ लाख ११ हजार बढी रहेकी प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा दलका स्थानीय प्रतिनिधिहर, नगराइन नगरपालिकाका उपप्रमुख, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश सदस्य वीरेन्द्र पासमान सहितका व्यक्तिहरुले आफ्‌ना विचार राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?