नेपालको सबभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी “WorldLink” ले आफ्नो २९औ बार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। जनकपुरको मुटु जनक चोकमा भएको रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी रक्तदाताहरुको सहभागिता रहेको वर्ल्डलिंकले जनाएको छ।
यस प्रकारका कार्यक्रमले जनकपुरको साथै खास गरि मधेश प्रदेशमा रक्तदानको संस्कृतिलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ र रक्तदाताहरूलाई सम्मान गर्दै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन योगदान पुर्याउने छ। आयोजित रक्तदान कार्यक्रमले बजारमा भएको रक्त अभावलाई थोरै भए पनि पूर्ति गर्ने वर्ल्डलिंकले जनाएको छ।
यस रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोग थियो।