सिन्धुलीको स्कुलमा विद्यार्थीको शंकास्पद मृत्यू,धनुषामा चक्काजाम

२०८१ आश्विन ६, आईतवार १२:२४

जनकपुरधाम,६ असोज । सिन्धुलीस्थित भगवति सेकेण्डरी स्कूलको होस्टेलमा बस्दै आएको  एक विद्यार्थीको शंकास्पद मृत्यू भएको भन्दै धनुषामा चक्काजाम गरिएको छ ।

गत भदौ २ गते दिउँसो करिब ३ बजेको समयमा भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका रजनीश साहको शंकास्पद मृत्यू भएको भन्दै परिवारजनसहित गाउँलेहरुले सडकमा चक्काजाम गरेको हो । कक्षा ८ मा अध्ययनरत साहको शंकास्पद मृत्यू भएको परिवारजनले आरोप लगाउँदै आएका छन् ।

प्रहरीमा जाहेरी दर्ता गर्नुपर्ने माग राख्दै लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीस्थित चक्काजाम गरिएको छ । प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सपहीस्थित जनकपुरधाम–ढल्केवर सडकखण्ड चक्काजाम गरिएको हो ।

सिन्धुलीमा भएको घटनालाई सोही स्थानमा गएर आन्दोलन गर्नुपर्ने अवस्थामा धनुषामा चक्काजाम गर्नु उचित नरहेको सवारी चालकहरुको भनाई छ । परिवारजनसहित गाउँलेहरुले चक्काजाम गरेपछि सयौँ सवारी साधन जकथक परेको छ । धनुषा प्रहरीले चक्काजाम खुलाउने प्रयास गरेपनि गाउँलेहरुले त्रिपाल लगाएर चक्काजाम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?