सिरहामा एक युवकको शव फेला

२०८१ आश्विन ८, मंगलवार १५:४७

सिरहा, ०८ असाेज । सिरहामा एक युवकको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ स्थित नेपाल भारत सीमामा मंगलबार बिहान एक युवकको शव भेटिएको हो ।

प्रहरीका अनुसार, मृतक सुखीपुर नगरपालिका–२ का राम उदगार यादवका ३२ वर्षीय छोरा भुला यादव छन् । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाएको छ ।

घटना विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

स्थानीयका अनुसार, उनी सोमबार साँझ घरबाट निस्केका थिए । उनी लागूऔषध सेवन गर्न भारत गएको र फर्किने बेला ओभर डोज भएर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?