सिरहामा बाबुको हत्या आरोपमा छोरा पक्राउ

२०८१ आश्विन ९, बुधबार १७:१२

सिरहा,०९ असोज । सिरहामा आफ्ना बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरेर हत्या गरेको आरोपमा औरही गाउँपालिका–३, खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

गम्भीर घाइते यादवको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?