जनकपुरधाम,०९ असोज । महिला कोष एशिया को सहकार्यमा नेपाल मुस्लिम महिला कल्याण समाजद्वरा मधेश प्रदेशमा महिला विरुद्ध हुने भेदभाव उन्मुलन समितिको प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मधेश प्रदेशको आठौं जिल्लाबाट मुस्लिम महिलाहरूको सहभागिता रहेको थियो । जसमा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा मुस्लिम महिलाको हकहितमा विभिन्न शिर्षकमा छलफल गरिएको थियो । जस अन्तर्गत महिलाको योगदान अभिबृद्धि गर्ने,शिक्षामा पहुँच , महिलाको संख्यात्मक मात्र होइन गुणात्मक सहभागिता हुनु पर्दछ तथा संघीय शासन प्रणालीमा स्रोतको महिलाका लागि पनि न्यायोचित बाँडफाँड हुनु पर्ने ,लगायतका शिर्षकमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमखु अतिथि मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले,विषेश गरि पछाडि परेका मुस्लिम महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक स्तरमामा पछाडी परेका हुन । निति,नियम भएपनि धार्मिक परम्पराले कार्यव्यन हुन सकिरहेको छैन । हाम्रो मधेश सरकार यस्तो विषयमा सम्वेदनशिल छन र प्रदेश सरकारले गर्न सक्ने सम्पुर्ण काम गर्न हामी सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल जस्तो बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक परिवेश भएको मुलुकमा मुस्लिम महिलाहरु पछाडी पर्नु दुर्भाग्यको कुरा हो । मुस्लिम महिला र दलित महिला सबल नभएको देशलाई कसरी सबल भन्न सकिन्छ ? राज्यको समयमा ध्यानाकर्षण नहुँदा,मुस्लिम महिला पछाडी पारिएको हो र आफ्नै परम्पराले पनि पिछडिएको छ । तर, अब हामीलाई संविधानले रोकेको छैन हामीले अगाडि बढ्नुपर्छ,नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सिमा खानले बताइन् ।
कार्यक्रम नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सिमा खानको अध्यक्षतामा, प्रमुख अतिथि मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवाल,प्रदेश सांसद माननीय अन्जना पण्डित, मधेश चलचित्र बोर्डका सदस्य पुष्पा यादव तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषण नजबुल खातुनले गरेकी थिइन् ।






