नेपालले दियो अमेरिकालाई १६५ रनको लक्ष्य, रोहितको ४९ रन

२०८१ कार्तिक २, शुक्रबार ०७:५२

काठमाडौं,०२ कार्तिक । टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो।

नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २-२ विकेट लिए।

टस जितेर अमेरिकालले पहिले बलिङ रोज्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?