जेरार्ड इरसमस काडमान्डु गुर्खाजमा

२०८१ कार्तिक ९, शुक्रबार १९:४०

कार्तिक ११ शुक्रबार  काठमाडौँ

जेरार्डले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (क्रिकेटमा) काठमाडौं गुर्खाजबाट खेल्ने छन् । काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ ।

कप्तानको भूमिकामा इरसमसले नटआउट ५३ रन बनाउँदै आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया २०२१ मा ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुगेको थियो । नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएको ४ खेलमा ३ मा विजय दिलाएका थिए । जसमा नेपाल विरुद्धको दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

‘मर्वी जेरार्ड इरसमस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन् । साथै उनी आफ्नो टोलीका सच्चा लिडर पनि हुन् । उनको आगमनले काठमान्डु गुर्खाजको ब्याटिङ, बलिङका साथै नेतृत्व टोलीलाई पनि ठूलो टेवा पुग्ने छ, हामी उनको आगमनको प्रतिक्षामा छौं,’ काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?