जनकपुरधाममा २२१ किलो गाँजासहित एकजना पक्राउ, मकवानपुरका चालकबाट तस्करीको प्रयास असफल

२०८१ कार्तिक १२, सोमबार १३:०४

जनकपुरधाम, कात्तिक १२ ।  जनकपुरधाममा २२१ किलो गाँजा बरामद गरी प्रहरीले मकवानपुरका एक चालकलाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित बाबा आयलस सेन्टर नजिक गरिएको चेकजाँचका क्रममा साे गाँजा बरामद गरेको हो। पक्राउ परेका व्यक्ति मकवानपुरको भीमफेदी गाउँपालिका-२ निवासी २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको टोलीले ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा फल्स बटन बनाएर लुकाएको गाँजालाई फेला पारेको थियो। ट्रकमा राखिएका १६ वटा पोका बनाएर लुकाएर ल्याइँदै थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, प्रकाश लुङ्गवामाथि थप अनुसन्धान जारी रहेको छ। यो घटनाले जनकपुरधाम क्षेत्रमा लागूऔषध तस्करीविरुद्ध प्रहरीले चलाएको अभियानमा ठूलो सफलता हासिल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?